काठमाडौं- प्रभु बैंकले रोल्पाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा आफ्नो २१०औं शाखा संचालनमा ल्याएको छ । लिवाङ शाखा कार्यालयको मेयर पुर्ण केसीले उद्घाटन गरे ।
लिवाङमा शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय पाउने बैंकले जनाएको छ ।
यसले स्थानीय सर्वसाधारणमा बैंकिङ्गबानीको विकासमा अभिवृद्धि भइ स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा यस शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।