काठमाडौं– आइतबारदेखि सुनको मूल्य स्थिर छ। आइतबार ९४ हजार ७०० मा कारोबार भएको सुन सोमबार र आज (मंगलबार) पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तीन दिनदेखि स्थिर छ। तेजाबी सुन ९५ हजार २०० मा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर एक हजार २१० मा कारोबार भइरहेको छ। आइतबार र सोमबार भने एक हजार २०० मा कारोबार भएको थियो।