आइतबार, भदौ १४, २०८३

पहिलो त्रैमासमा घट्यो राजस्व

गत आर्थिक वर्षको पहिलो त्रैमासका तुलनामा यो वर्ष राजस्व करीब रू. १७ अर्बले कम भएको हो।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं-  चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानी लक्ष्यअनुसार हुन सकेको छैन।

साउनदेखि असोज मसान्तसम्मको सरकारी आम्दानी १ खर्ब ९९ अर्ब ९३ करोड रुपैयाँ मात्र भएको छ। यसमध्ये राजस्व आम्दानी १ खर्ब ७२ अर्ब छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासका तुलनामा यो वर्ष राजस्व करीब रू. १७ अर्बले कम भएको हो।

लक्ष्यअनुसार राजस्व उठाउन सरकारले बाँकी नौ महीनामा रू. ८ खर्ब ३९ अर्ब राजस्व संकलन गर्नु पर्नेछ। 

यो वर्ष रू. २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने योजना अनुसार सरकारले असोज मसान्तसम्ममा रू. ३३ अर्ब आन्तरिक ऋण उठाइसकेको छ। जबकि गत आर्थिक वर्षको अन्तिम महीनामा मात्रै सरकारले आन्तरिक ऋण लिएको थियो।

त्यस्तै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास लक्षित पूँजीगत खर्च ४.२६ प्रतिशत मात्रै भएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, असोज मसान्तसम्ममा सरकारको पूँजीगत खर्च रू. १५ अर्ब ५ करोडमात्र छ।

चालु आर्थिक वर्षमा सरकारले पूँजीगत खर्चका लागि रू. ३ खर्ब ५३ अर्ब छुट्याएको छ।

महालेखाको तथ्यांकअनुसार, पहिलो त्रैमासिकमा सरकारको कुल खर्च १३.६४ प्रतिशत छ। यो वर्षका लागि सरकारले रू. १४ खर्ब ७४ अर्ब खर्च गर्ने लक्ष्य राखेकोमा ३० असोजसम्ममा रू. २ खर्ब १ अर्ब मात्रै खर्च भएको छ। यसमध्ये तलबभत्ता,  स्थानीय तहको अनुदान आदि जस्ता नियमित प्रकृतिका काममा रू. १ खर्ब ८३ अर्ब खर्च भएको छ।

प्रकाशित: Oct 19, 2020| 13:15 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्