आइतबार, भदौ १४, २०८३

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब पनि पुगेन 

सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ। १३.५८ अंकले बढेको बजार १५७०.३८ अंकमा पुगेर रोकिएको हो। 
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ। १३.५८ अंकले बढेको बजार १५७०.३८ अंकमा पुगेर रोकिएको हो। 

आज सेन्सेटिभ इन्डेक्स २.६२ अंकले बढेर ३१०.८२ मा पुगेको छ। दोहोरो अंकले बजार बढे पनि कारोबार रकम भने ९७ करोड ९० लाख ९४ हजारमा सिमित भएको छ। 

सोमबार १८९ कम्पनीको ३३ लाख ५३ हजार सेयर खरिदबिक्री भएको छ। 

आज बैंकिङ समूहको उपसूचक ७.६७, होटल १४.१६, विकास बैंक ३०.४३, जलविद्युत् ४३.८६ अंकले बढेको छ। 

त्यसैगरी फाइनान्स १६.२६, निर्जिवन बिमा ९९.५२, उत्पादन ७.१७, अन्य ७.६, माइक्रोफाइनान्स १०.६४, बिमा ५०.५९ र म्युचुअल फण्ड ०.०४ अंकले उकालो लागेको छ। 

व्यापार समूहको उपसूचक भने १.६९ अंकले घटेको छ। 

आज जनरल इन्स्योरेन्सका लगानीकर्ता सर्वाधिक कमाएका छन् भने गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।    
 

प्रकाशित: Oct 19, 2020| 10:13 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्