आइतबार, भदौ १४, २०८३

खसीबोकाकाे मूल्य प्रतिकिलो ५६० रुपैयाँ

प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ५६० रुपैयाँमा खसीबोका बिक्रीवितरण गर्ने भएको छ। 

दाङ र मकवानपुरको मजवानपुरबाट दसैंका लागि पहिलोचोटि खसी तथा बोका काठमाडौं आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो।

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा  दस रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन्। उनका 

अनुसार काठमाडौं आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण सुरु हुनेछ। प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुटस्वरुप खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५  खसीबोका काठमाडौं आइपुगेको छ। 

यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार  खसीबोका ल्याउने तयारी गरेको छ। 

मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गत वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाइएको छ। रासस

प्रकाशित: Oct 18, 2020| 12:30 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्