आइतबार, भदौ १४, २०८३

ज्योति समूहले किन बेच्यो हिमालयन बैंकको सेयर ? 

ज्योति समूहले हिमालयन बैंकको आफूसँग भएको संस्थापक सेयर बिक्रि गरेको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं- ज्योति समूहले हिमालयन बैंकको आफूसँग भएको संस्थापक सेयर बिक्रि गरेको छ।

ज्योति समूह अन्तर्गतको स्याकार कम्पनीसँग भएको हिमालयन बैंकको ८ लाख १५ हजार १७२ कित्ता संस्थापक सेयर आइतबार बिक्रि भएको छ।

स्याकार कम्पनीको हिमालयन बैंकमा ०.९९ प्रतिशत सेयर थियो। आइतबारदेखि स्याकार कम्पनीको हिमालयन बैंकमा सेयर शुन्यमा झरेको छ।

स्याकार कम्पनीले बिक्रि गरेको सो सेयर कर्मचारी सञ्चय कोष, नेपाल पर्यटन बोर्डका पूर्व अध्यक्ष प्रचण्डमान श्रेष्ठ र निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माले किनेको नेपाल स्टक एक्सचेन्स (नेप्से) ले जनाएको छ। 

नेप्सेका अनुसार स्याकारले आफूसँग भएको हिमालयन बैंकको सेयर ब्रोकर नम्वर ४३ (सगरमाथा सेक्युरिटी प्राइभेट लिमिटेड) बाट विक्रिका लागि राखेको थियो भने ब्रोकर नम्बर ४० (मिदास स्टक बुकिङ कम्पनी प्रा.लि) बाट सन्चय कोष, श्रेष्ठ र शर्माले खरिद गरेका थिए। 

हाल हिमालयन बैंकका अध्यक्ष पनि कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीराम गौतम नै रहेका छन्।

यसअघि पनि ज्योति समूहले आफूसँग रहेको ८ लाख ४३ हजार ५०७ कित्ता सेयर दुई पटक गरी सोही दुईवटा कम्पनीमार्फत् बिक्रि गरेको थियो। 

आइतबार हिमालयन बैंकको प्रतिकित्ता ३०० रुपैयाँमा सो सेयर बिक्रि हुँदा खरिदकर्ताहरुले २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बुझाएका थिए। यसअघि सो बैंकको सेयर २९० रुपैयाँमा बिक्रि भएको थियो। 

आइतबार हिमालयन बैंकको सेयर खरिद गरेपछि हिमालयन बैंकमा सञ्चयकोषको सेयर हिस्सा १५ प्रतिशत पुगेको छ।

पद्म ज्योति र डा.रुपज्योतिबीच अंशमा विवाद भएपछि ज्योति समूहले आफूसँग भएको सेयर बिक्रि गरी विवाद मिलाउन लागेका छन्।

प्रकाशित: Oct 18, 2020| 10:32 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्