आइतबार, भदौ १४, २०८३

साढे ५ अंकले घट्यो नेप्से

आइतबार सेयर बजार परिसूचक (नेप्से) ५.६६ अंकले घटेको छ। 
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ५.६६ अंकले घटेको छ। 

घटेको बजार १५५६.८० अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स १.८१ अंकले घटेर ३०८.२७ अंकमा झरेको छ। 

आज १८७ कम्पनीको ४३ लाख ५२ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

व्यापार समूहको उपसूचक १३.२ र निर्विवन बिमा ३१.५८ ले बढेको छ भने अरु सबै समूहका उपसूचक घटेको छ। 

बैंकिङ समूहको उपसूचक ६.०२, होटल १.८२, विकास बैंक २९.१९, जलविद्युत् ५.०६, फाइनान्स १.६, उत्पादन १४.४२, अन्य १.५४,

माइक्रोफाइनान्स ११.२३, बिमा १८.९८ र म्युचुअल फण्ड ०.०४ अंकले घटेको छ। 

आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले बढी कमाएका छन् भने राइरिङ हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 
 
 

प्रकाशित: Oct 18, 2020| 09:45 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्