काठमाडौं- डिजिटल बैंकिङ्लाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सनराइज बैंकले एफ वान सफ्टसँग सहकार्य गरी चाडपर्व विशेष योजना ल्याएको छ ।
यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ् सनराइज स्मार्ट एपमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक-एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।
साथै नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम सय रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था गरेको जनाएको छ । यो योजना कार्तिक १ देखि मंसिर ५ गते सम्मको लागी रहेको बैंकले जनाएको छ ।
"बैंकले स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ" अभियान संचालन गर्दै यसअघि पनि विभिन्न योजना ल्याएको जनाएको छ ।