काठमाडौं- फोन पे पेमेन्ट सर्भिस लिमिटेडले दसैंलक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दसैं धन मौका’ नामक योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रुपैयाँ जित्न सकिनेछ । घटस्थापनादेखि सुरु भएको यो योजना कात्तिक १४ गते पूर्णिमासम्म सञ्चालन हुनेछ ।
यो योजनामा बम्पर उपहारमा ५ लाख जित्न सकिने जनाइएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फोन पे ले यस्तो योजना सुरु गरेको जनाएको छ । यस योजनामा क्यूआरमार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।
फोन पे सर्भिस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको जनाइएको छ ।