आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • १ कात्तिकदेखि लागू हुँदै स्थिर ब्याजदर, सबैभन्दा सस्तो सिद्धार्थको, महँगो एसबीआई बैंकको

१ कात्तिकदेखि लागू हुँदै स्थिर ब्याजदर, सबैभन्दा सस्तो सिद्धार्थको, महँगो एसबीआई बैंकको

१ कात्तिक (भोलि)बाट बैंकहरूले स्थिर ब्याजदर लागू गर्नुपर्ने छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भोलिदेखि लागू हुने स्थिर ब्याजदर बैंकहरूले शुक्रबार सार्वजनिक गरेका हुन्। 
 |  शुक्रबार, असोज ३०, २०७७
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, असोज ३०, २०७७

vianetvianet

काठमाडौ– १ कात्तिक (भोलि)बाट बैंकहरूले स्थिर ब्याजदर लागू गर्नुपर्ने छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भोलिदेखि लागू हुने स्थिर ब्याजदर बैंकहरूले शुक्रबार सार्वजनिक गरेका हुन्। 

triton college

एक महिनाअघि नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक ऋणको ब्याजदर स्थिर राख्न निर्देशन दिएको थियो। 

चलनचल्तीको ब्याजदरभन्दा महँगो हुने भएकोले ग्राहकलाई घाटा पर्ने भन्दै बैंकहरूले यस्तो व्यवस्था लागू नगर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका थिए। तर गभर्नर अधिकारीले निर्णय लागू गराएरै छोडे। 

निर्णय तत्काल कार्यान्वयन गर्न नसक्ने बैंकरहरूको गुनासो सुनेपछि १५ दिन म्याद बढाए। 

स्थिर ब्याजदरको कष्ट अफ फन्ड (लागत) धेरै हुने भएकोले बैंकहरूले ब्याजदर पनि सोहीअनुसार बढाएर सार्वजनिक गरेको बैंकर्सहरू बताउँछन् । 

National life insurance

स्थिर ब्याजदर लागू भए पनि ग्राहकले फ्लोटिङका आधारमा पनि कर्जा लिन सक्नेछन्।  फ्लोटिङका लागि ९ देखि १० प्रतिशतभित्र कर्जा पाइने भए पनि स्थिर ब्याजदरका लागि बैंकहरूले १४ प्रतिशतसम्मको योजना सार्वजनिक गरेका छन्। 

कुन बैंकको कति?

स्थिर ब्याजदरका लागि सबैभन्दा सस्तो ब्याजदर सिद्धार्थ बैंकले सार्वजनिक गरेको छ। सिद्धार्थले बढीमा ११.९९ प्रतिशत ब्याज लिने छ। त्यो पनि १५ वर्षसम्मको अवधिको लागि। 

सबैभन्दा बढी ब्याजदर नेपाल एसबीआई बैंकले १५ वर्षको अवधिको कर्जाको लागि १४.५ प्रतिशत तोकेको छ।

सुरक्षित लगानीमा मात्र लगानी गर्ने र बैंकको सुशासनमा राम्रो मानिएको स्ट्यान्डर्ड चाटर्ड बैंकले तीनवटा ब्याजदर प्रकाशित गरेको छ। 

स्ट्यान्डर्डले पाँच वर्षको लागि १०.७५, सात वर्षको लागि ११.७५ र १० वर्ष माथिको व्यक्तिगत ऋणीको लागि १३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ। 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले व्यक्तिगत कर्जाको लागि ७.९९ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। 

माछापुच्छ्रे बैंकले ९.८९ प्रतिशतदेखि १२.२४ प्रतिशतसम्ममा कर्जा दिने जनाएको छ। 

एनएमबी बैंकले न्यूनतम ९.४९ देखि १३.९९ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ। एनएमबीले समयावधि हेरेर ५ देखि २५ वर्षसम्मको योजना सार्वजनिक गरेको छ। 

त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ९.५ देखि ११ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ भने बढीमा १५ वर्षसम्मको अवधि राखेको छ। 

नेपाल बैंकले ९.३५ प्रतिशतदेखि १३.९३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। 

ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।

सनराइज बैंकले बढीमा १५ वर्षसम्मको लागि अवधि हेरेर १०.५ प्रतिशतदेखि १३.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ। 

बैंक अफ काठमाडौंले ९.४९ देखि १२.९८ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ भने सिद्धार्थ बैंकले ८.९९ प्रतिशतदेखि ११.९९ प्रतिशतसम्म ब्याजदर सार्वजनिक गरेको छ।

सेञ्चुरी बैंकले ११.४९ देखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। 

सानिमाले ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज लिने जनाएको छ।  

कृषि विकास बैंकले ९.७५ देखि १२.५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ भने प्राइम कमर्सियल बैंकले १०.५ देखि १२.५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। 

त्यस्तै नेपाल बाङ्लादेश बैंकले ९.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। 

नबिल बैंकले १५ वर्षसम्मको कर्जा ११ प्रतिशतमा दिने जनाएको छ। 
 

प्रकाशित: Oct 16, 2020| 09:17 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्