मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : डीएसपी जीसीको निलम्बन फुकुवा, अन्य कर्मचारी पनि काममा फर्कंदै

Siddartha premir insuranceSiddartha premir insurance

निर्मला हत्या प्रकरण : डीएसपी जीसीको निलम्बन फुकुवा, अन्य कर्मचारी पनि काममा फर्कंदै

बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको हकमा भने मन्त्रिपरिषद्को बैठकले पुनर्वहाली गर्नुपर्ने हुन्छ।
 |  बिहीबार, असोज २९, २०७७
nespernesper

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, असोज २९, २०७७

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका प्रहरी अधिकारीहरुको निलम्बन फुकुवा भएको छ। 

triton college

गृहमन्त्रालयले निलम्बन फुकुवा गरेको पत्र प्रहरी प्रधान कार्यालय नक्सालमा पठाएसँगै उनीहरुको निलम्बन फुकुवा भएको हो। 

‘निलम्बन फुकुवाको पत्र आजै गृहमन्त्रालयबाट हेडक्वार्टरमा पुगेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने,‘अब निलम्बनमा परेका प्रहरीलाई फुकुवाको पत्र पठाइने छ।’

निलम्बनमा परेका डिएसपी अगुंर जिसीको गृहले फुकुवा गरेको हो। 

प्रहरी नायव निरीक्षक रामसिंह धामीको प्रहरी महानिरीक्षक र प्रहरी जवान चाँदनी साउदको सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकले नै फुकुवा गरेका हुन्। अन्य तीनजना प्रहरी कर्मचारीहरुले अनिवार्य अवकाश पाइसकेकाले उनीहरुको फुकुवा गरिरहन आवश्यक परेन। 

Metro Mart
vianet

डीएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी नायव निरीक्षक हरिसिंह धामीले अनिवार्य अवकाश पाइसकेका छन्। 

निलम्बन फुकुवा भएसँगै उनीहरुको अहिलेसम्म रोकिएको तलब, भत्ता तथा अवकाश पाइसकेकाहरुले पेन्सन र सुविधा पाउने छन्। 

अवकाश पाएका तीनैजनाले पेन्शन पट्टा लगायतको काम गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

‘प्रहरीको कानुन शाखाले प्रशासन शाखालाई पत्र पठाएपछि निलम्बन फुकुवा भएकाहरुलाई आवश्यक जिम्मेवारीसहित काममा लगाइन्छ,’ एसएसपी कडायतले भने। 

डीएसपी जीसीसहित निलम्बनमा परेका थप दुई प्रहरी कर्मचारीले  काममा फर्किने तयारी गरेका छन्। प्रहरी नियमावली संशोधन नहुँदा अदालतले सफाइ दिए पनि उनीहरुको निलम्बन फुकुवा हुन सकेको थिएन। 

८ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेपछि निलम्बनमा परेकाहरुको फुकुवा भएको हो। 

बर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको हकमा भने मन्त्रिपरिषद्को बैठकले पुनर्वहाली गर्नुपर्ने हुन्छ। 

उनीहरुले पुनर्वहाली गरि पाउँ भन्दै मन्त्रिपरिषद् बैठकमा पुनरावेदन गरिसकेका छन्। यसबारेमा अहिलेसम्म निर्णय भइसकेको छैन। 

प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै ८ जना प्रहरीविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

सुरु इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो। १५ साउनमा अदालतले फैसला सुनाउदै उनीहरुलाई सफाइ दिएको हो। 

१० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याप्रकरणको अहिलेसम्म अनुसन्धान टुंगोमा पुग्न सकेको छैन। 

नेपाल प्रहरीले प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको बताए पनि अहिलेसम्म यो मुद्दा किनारा लाग्न सकेको छैन। अहिले पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीसहितले अनुसन्धान जारी नै राखेका छन्। 

प्रहरी महानिरीक्षक शैलेसथापा क्षेत्रीले पनि तत्काल निर्मला हत्याप्रकरणको अनुसन्धान टुंगोमा पुर्याउने गरेर काम गर्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी सहकुल थापालाई निर्देशन नै दिएका थिए। 
 

प्रकाशित: Oct 15, 2020| 09:10 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।