काठमाडौं- हिजो बुधबार नियुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले आज पदभार ग्रहण गरेका छन्।
महाराजगन्जस्थित राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएर सिंहदरबार पुगी मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन्।
उनले कार्यभार सम्हालेलगत्तै विश्व बैंकसँग २० करोड डलर ऋण लिने सम्झौतामा हस्ताक्षर गरेको पौडेलका प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिए।
सो रकम कोभिड १९ को रोकथामका लागि प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ।