आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसलाई गाभ्न इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभा

सिटी एक्सप्रेसलाई गाभ्न इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभा

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ग वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि आज बुधबार विशेष साधारणसभा सम्पन्न गरेको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ग वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि आज बुधबार विशेष साधारणसभा सम्पन्न गरेको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको थियोे । 

विशेष साधारणसभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयरबापत नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता सेयर दिने सेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ।

रु. ४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेको चुक्ता पूँजी रु. १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणको स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिइरहेको छ।

प्रकाशित: Oct 14, 2020| 10:09 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्