लमजुङ– दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण बन्द भएको छ।
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा मंगलबार कोरोना भाइरस संक्रमण देखिएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो।
आयोजनाको ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मंसिरदेखि विद्युत् उत्पादनको तयारी थियो।
२०७१ देखि निर्माण सुरु गरिएको आयोजना २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।
निर्माण लम्बिँदा लागत ६७ करोड ६० लाख बढेर चार अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ।
आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने छ।
रासस