आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कात्तिक ७ बाट अनिवार्य रुपमा क्लिनफिड लागू, नभए च्यानल बन्द गरिने

कात्तिक ७ बाट अनिवार्य रुपमा क्लिनफिड लागू, नभए च्यानल बन्द गरिने

आगामी ७ कात्तिकबाट विदेशी च्यानल विज्ञापनमुक्त (क्लिनफिड) हुने भएका छन्।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– आगामी ७ कात्तिकबाट विदेशी च्यानल विज्ञापनमुक्त (क्लिनफिड) हुने भएका छन्।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै आगामी काात्तिक ७ गतेबाट अनिवार्य रुपमा क्लिनफिड लागू हुनुपर्ने जनाएको छ । 

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ (१) अनुसार ऐन जारी भएको एक वर्षभित्र अर्थात् कात्तिक ७ गतेभित्र क्लिनफिड प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालय तथा मन्त्रालयका सचिवहरुलाई सम्बोधन गरी विभिन्न माध्यमबाट इन्डियन ब्रोडकास्टर फोरम, डिष्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघसंस्थाहरुबाट विज्ञापन रहित प्रसारणको म्याद थपका लागि गरिएको आग्रहप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ।’

मन्त्रालयले यदि ऐन अनुसार कात्तिक ७ गतेदेखि सो व्यवस्था नगरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने पनि मन्त्रालयले जानकारी दिएको छ। कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडीले विदेशी च्यानलमा क्लिन फिड भए–नभएको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्र विकास गरिसकेको पनि जानकारी दिए । 
 

प्रकाशित: Oct 14, 2020| 07:23 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्