शुक्रबार, भदौ २६, २०८३

हुम्लाका दुई गाउँपालिकामा गाडी पुग्यो  

हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ। मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा ०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

हुम्ला- हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ।

मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा ०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ। 

हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ। कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली २, ३, र ४ मा गत वर्ष फागुनमा गाडी पुगेको थियो। 

ताँजाकोट ४ र ५ मा आइतबार गाडी पुगेको हो। भौगोलिक रुपले विकट हुम्ला विस्तारै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। बाजुरा हुँदै हुम्लाको ताँजाकोट र अदानचुलीमा गाडी पुगेपछि यहाँका बासिन्दा खुशी भएका छन्।  

कर्णाली करिडोरअन्तर्गत सडक निर्माण भएपछि पछिल्लो चरणमा यहाँका पालिका सडक सञ्जालले छुने क्रम बढ्दै छ। सर्केगाड  र चंखेली गाउँपालिकामा सडक पुग्न बाँकी छ भने नाम्खा, सिमकोट, खार्पुनाथ,अदानचुली र ताँजाकोट गाउँपालिकामा गाडी पुगेका छन्। 

काठमाडौँ, केरुङ, हिल्सा हुँदै नाम्खा भएर सदरमुकाम सिमकोट गत वर्ष खाद्यान्न लिएर ट्रक पुगेका थिए। माथिल्लो क्षेत्रका  नाम्खा, सिमकोट र  खार्पुनाथ गाउँपालिकामा एकदेखि अर्को पालिकासमम गाडी सञ्चालन हुँदै आएका छन्।

ताँजाकोट ४  पुईमा खोला हुँदै ताजाकोट ४ र ५ मा गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन्। गाउँमा गाडी पुगेसँगै  उद्घाटन कार्यक्रमसमेत गरिएको ताँजाकोट ४ का प्रदिप बोगटीले बर्ताए। 

यसभन्दा पहिला पैदल हिँडेर बाजुरा जिल्लासम्म पुग्ने गरेका स्थानीयवासी अब घरबाटै गाडी चढेर बाजुरा तथा अन्य जिल्ला आवतजावत गरिरहेका छन्।  कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको ५० लाख बजेटबाट दुई वर्षदेखि सुरु गरी सडक निर्माण गरिएको हो। 

प्रकाशित: Oct 14, 2020| 05:39 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।