शुक्रबार, भदौ २६, २०८३

दसैं, तिहार घरभित्रै मनाउन प्रशासनको अनुरोध

कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैं, तिहारलगायतका चाडपर्व मनाउन अनुरोध गरेको छ। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

चितवन- कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैं, तिहारलगायतका चाडपर्व मनाउन अनुरोध गरेको छ। 

प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ। जिल्लामा कोभिड १९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ।

धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, दसैंमा फूलपाती भित्र्याउने काम सांकेतिकरूपमा गर्न, खेलकूदका कार्यक्रम, जात्रा, मेला तथा उत्सव नगर्न प्रशासनको आग्रह छ। 

अवैध मदिरा उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, तीव्रगतिमा सवारी साधन नचलाउन, गुणस्तरहीन उपभोग्य वस्तु बिक्री वितरण नगर्न, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न, जुवातास र गैरकानूनी चिठ्ठा कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन पनि अनुरोध गरिएको छ।

दसैं, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान, देउसीभैलोलगायत कुनै पनि कार्यक्रम नगर्न सूचनामा अनुरोध गरिएको छ। पटका, आतिसबाजीलगायत विष्फोटक वस्तु प्रयोग नगर्न, ध्वनि प्रदूषण, चन्दा संकलन नगरी आपसी सद्भाव कायम गर्न सम्पूर्ण जिल्लावासीलाई सूचनामार्फत अनुरोध गरिएको छ। 

प्रशासनले १२ वर्षभन्दा कम उमेरका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका स्वास्थ्य समस्या भएका मानिसलाई घर बाहिर हिँडडुल नगर्न पनि अनुरोध गरेको छ। 

प्रकाशित: Oct 14, 2020| 04:11 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।