शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई 

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई 

लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

 काठमाडौं- लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। 

National life

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो। 

आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ। गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ । 

उनीहरुको खोजका कारण ‘बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका छन्,’ नोबेल कमिटीले भनेको छ। 

कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकार समेत रहेका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन्।    

Laxmi sunrise bank
kumari

यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ। शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखि बाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल एघार व्यक्तिमध्ये सात जना अमेरिकी छन्। 

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।  

प्रकाशित: Oct 14, 2020| 03:30 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।