शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १२८२ पुग्यो, १९ जनाको मृत्यु

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १२८२ पुग्यो, १९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार २ सय ५ पुगेको जनाएको छ । 
 |  बुधबार, असोज २८, २०७७
nespernesper

भीम चौधरी

भीम चौधरी

बुधबार, असोज २८, २०७७

vianetvianet

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्या १ हजार २८२ पुगेको छ । 

triton college

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६७३, डोटीमा १३५, कञ्चनपुरमा ११८, बझाङमा १२२, अछाममा ५५, बैतडीमा ५०, डडेल्धुरामा ३७, दार्चुलामा ८३ जना र बाजुरा ६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

हालसम्म ८ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा ८१ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार २ ५ पुगेको छ । 

National life insurance

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार २०५ पुगेको जनाएको छ । 

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा तीन हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । 

डोटीका एक हजार एक सय ४१, अछामका एक हजार एक सय तीन, कञ्चनपुरका नौ सय ३१, बझाङका पाँच सय ७३, बाजुराका चार सय ५९, बैतडीका चार सय ५४, डडेल्धुराका तीन सय ६५ र दार्चुलाका एक सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । 

६९०४ डिस्चार्ज

सुदूरपश्चिम प्रदेशमा हालसम्म सम्म ६ हजार ९०४ जना डिस्चार्ज भएका छन । प्रदेशको कैलाली जिल्लाबाट सबैभन्दा बढी २ हजार ३३९ जना डिस्चार्ज भएका छन् ।

अछामबाट एक हजार ४६, डोटीबाट एक हजार ६, बाजुराबाट चार सय ५१, बझाङबाट चार सय ४९, बैतडीबाट चार सय ३, डडेल्धुराबाट तीन सय २७, कञ्चनपुरबाट आठ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

१९ कोरोना संक्रमितको मृत्यु

प्रदेशमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली जिल्लामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

अछाम, बझाङ, बाजुराका दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बैतडी, डडेल्धुरा र कञ्चनपुरका एक÷एक जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । 

प्रदेशको अस्थायी राजधानीमा संक्रमितको संख्या एक हजार नजिक

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टमा २२ जना थपिएसँगै धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या ९९७ पुगेको हो ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका २९९ महिला र ६९८ पुरुषमा संक्रमण पुष्टि भएको बताए ।

संक्रमण पुष्टि भएका मध्ये ५५२ पुरुष र २३९ महिला गरी ७९१ जनाले कोरोना जितेको उनले बताए।

उप–महानगरमा २०२ जना संक्रिय संक्रमित रहेका छन् भने चार जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । 

सुदूरपश्चिममा ९२ हजार ८८५ जनाको कोरोना परीक्षण

यस्तै सुदूरपश्चिम प्रदेशमा हालसम्म ९२ हजार ८८५ जनाको कोभिड–१९ नमुना परीक्षण गरिएको छ । 

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशका ९ वटै जिल्लाहरुमा आरटी पिसिआर विधिबाट ९५ हजार ६०० कोभिड–१९ का नमुना संकलन गरिएको जनाएको छ । 

संकलित नमुनामध्ये हालसम्म ९२ हजार ८८५ नमुना परीक्षण गरिएको छ । २ हजार ७१५ नमुनाको नतिजा आउँन बाकी रहेको निर्देशनालयले जनाएको छ । 

प्रदेशमा हाल सेती प्रयोगशाला, डडेल्धुरा अस्पताल प्रयोगशाला, डोटी अस्पताल प्रयोगशाला, बैतडी अस्पताल प्रयोगशाला, बैतडी अस्पताल प्रयोगशाला, बझाङ अस्पताल प्रयोगशाला र कमल बजार ल्यावमा कोभिड–१९ नमुना परीक्षण भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित: Oct 14, 2020| 02:54 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।