काठमाडौं– कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४६ हजार २०१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्ममा काठमाडौं जिल्लामा मात्रै ३७ हजार ३४० जना संक्रमित भएका छन् भने ललितपुरमा ५ हजार १४२ र भक्तपुरमा ३ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा दिनहुँ संक्रमितको संख्या १५ सयदेखि २५ सयका दरले थपिने गरेको छ । मंगलबार २ हजार १२९ जना संक्रमित भएका थिए ।
जिल्लाभरीमा ३७ हजारभन्दा धेरै संक्रमित हुँदा काठमाडौं महानगरपालिकामा मात्रै १५ हजार ५५३ जना संक्रमित भएका छन् । महानगरका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।
सबैभन्दा धेरै वडा नं १६ मा सक्रिय संक्रमित ६१६ जना छन् । यस्तै वडा नं १५ मा ५८१, वडा नं ९ मा ५२०, वडा नं ३२ मा ४१३, वडा नं १४ मा ३९४, वडा नं १० मा ३८५, वडा नं ७ मा ३६२, वडा नं ३ मा ३५३, वडा नं ४ मा ३४६, वडा नं ६ मा ३२१ र वडा नं २६ मा ३१० जना सक्रिय संक्रमित छन् ।
यस्तै काठमाडौं महानगरमा हालसम्म कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा धेरै वडानम्बर १५ मा ८ जनाको मृत्यु भएको छ । वडानम्बर ४ मा ७ जनाको, ५ मा ६ जनाको ६, ७ र १० नम्बर वडामा ५/५ जनाको मृत्यु भएको छ ।
त्यस्तै वडानम्बर १३, १४, १६, २०, २५ र २७ मा ४/४ जनाको मृत्यु भएको छ । वडानम्बर २, ११, १२, २१ र २३ मा ३/३ जनाको मृत्यु भएको छ । वडानम्बर ८, १७, २२, ३० र ३२ मा २/२ जनाको मृत्यु भएको छ ।
