शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ९८६ स्वास्थ्यकर्मी संक्रमित, कुन अस्पतालका कति? 

कोरोनाबाट ९८६ स्वास्थ्यकर्मी संक्रमित, कुन अस्पतालका कति? 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको प्रत्यक्ष निगरानी, उपचार र परिक्षणमा खटिएका ९८६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको प्रत्यक्ष निगरानी, उपचार र परिक्षणमा खटिएका ९८६ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कतिपय संक्रमित स्वास्थ्यकर्मी मन्त्रालयको सिस्टममा नआएका पनि अधिकारीहरुले बताएका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित नारायणी अस्पताल वीरगन्जमा छन् । उक्त अस्पतालमा कार्यरत रहेका १०९ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेको अधिकारीहरुले बताएका छन् । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल दोस्रो बढी प्रभावित अस्पताल ​बनेको छ । जहाँ कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ

यस्तै विराटनगरको कोशी अस्पतालमा कार्यरत ९२ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत ८९ जना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार  प्रादेशिक अस्पताल सुर्खेतमा ५० जना, त्रिवि शिक्षण अस्पताल ४२ जना, धुलिखेल अस्पतालमा ३२ जना, गजेन्द्रनारायण सिंह अस्पताल २१ जना,  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । 

यस्तै भक्तपुरमा १९ जना, वीरेन्द्र सैनिक अस्पताल १८ जना, अछाममा १२ जना, नेपाल पुलिस अस्पताल १३ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

त्यस्तै बाँकेमा ८ जना, बाजुरामा ७ जना, कलैया अस्पतालमा ६ जना, बयोधा अस्पताल ६ जना र विद ल्याब काठमाडौंमा नौ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ जना, गण्डक अस्पताल वीरगञ्ज ४ जनामा संक्रमण पुष्टि भएको छ।

काम गर्ने स्थान नखुलेको बाराका ४९ जना, धनुषामा ६२ जना, काठमाडौंमा ६ जना, रौतहटमा १६ जना, सर्लाहीमा २२ जना र सिराहा १० जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै ल्याबमा काम गर्ने १०३ स्वास्थ्यकर्मी पनि संक्रमित भएको मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए।

प्रकाशित: Oct 14, 2020| 01:10 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।