काठमाडौं– मंगलबारदेखि धनगढी–बझाङ नियमित हवाई सेवा सुरु भएको छ।
उडान बन्द भएको ११ वर्षपछि बझाङ विमानस्थलमा नियमित उडान सुरु भएको हो।
२०३५ सालदेखि सञ्चालनमा आएको विमानस्थल २०६६ देखि बन्द भएको थियो।
अब हप्ताको दुई दिन र यात्रुको अवस्था हेरी उडान थप हुने गरी समिट एयरले नियमित सेवा दिने छ। मंगलबार र शुक्रबार नियमित उडान हुने जनाइएको छ।
आज धनगढी विमानस्थलबाट १८ यात्रु लिएर गएको समिट एयरको जहाजले फर्किंदा १६ यात्रु बोकेको थियो।
१६ असोजमा पर्यटनमन्त्री योगेश भट्टराईको सहभागितामा बझाङ विमानस्थलमा परीक्षण उडान गरिएको थियो।