आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ९.४१ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८१ करोडमा सीमित 

९.४१ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८१ करोडमा सीमित 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९.४२ अंकले घटेको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९.४२ अंकले घटेको छ। 

बजार खुलेदेखि आरोलो लागेको नेप्से १५६८.५९ मा पुगेर रोकिएको हो। आज सेन्सेटिक इन्डेक्स १.७ अंकले घटेर ३११.४१ मा पुगेको छ। 

घटेको बजारमा १९३ कम्पनीका ६७ लाख ८२ हजार कित्ता सेयर खरिदविक्री हुँदा १ अर्ब ८१ करोड ९६ लाख बराबरको कारोबार भएको छ। 

आज बैंकिङ समूहको उपसूचक ७.७, होटल १०.०६, विकास बैंक ७.५६, जलविद्युत् २७.८४, फाइनान्स १६.३ अंकले घटेको छ। 

त्यस्तै निर्जिवन बिमा ४८.४१, अन्य १.५१, माइक्रोफाइनान्स १३.६३ र बिमा समूहको उपसूचक ३८.९४ अंकले घटेको छ। 

व्यापार १.४९, उत्पादन १०.८४ र म्युचुअल फण्ड भने ०.०५ अंकले बढेको छ। 

आज ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् भने पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले गुमाएका छन्। 


 

प्रकाशित: Oct 13, 2020| 10:07 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्