आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमईको भरोसा कोष, विदेशमा ज्यान गुमाउनेका आफन्तले राहत पाउने 

आइएमईको भरोसा कोष, विदेशमा ज्यान गुमाउनेका आफन्तले राहत पाउने 

कोरोना भाइरस महामारीबाट विदेशमा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– कोरोना भाइरस महामारीबाट विदेशमा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ आइएमईले ‘भरोसा कोष’ को स्थापना गरेको छ। 

कोषबाट २०२० को जनवरी १ देखि अक्टोबर १६ सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका व्यक्तिका आफन्तले राहत रकम प्राप्त गर्नेछन्। 

त्यसको लागि पानीपोखरी काठमाडौंस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयका साथै प्रादेशिक कार्यालयमा कार्तिक मसान्तसम्म आवेदन दिनु पर्नेछ। 

महामारीका कारण चाडवाडमा हुने खर्चले ‘भरोसा कोष’ स्थापना गरिएको आइएमईले जनाएको छ। 

यो प्रयासबाट प्रभावित परिवारलाई आड भरोसा मिल्ने कम्पनीले विश्वास लिएको छ। 

आइएमईले २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा प्रवाह गर्दै आइरहेको छ। 
 

प्रकाशित: Oct 12, 2020| 12:46 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्