आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ५० करोड मूल्य पर्ने अर्काको जग्गा आफ्नो नाममा बनाएर बेच्न खोज्न पक्राउ

५० करोड मूल्य पर्ने अर्काको जग्गा आफ्नो नाममा बनाएर बेच्न खोज्न पक्राउ

पर्साको वीरगन्ज महानगरपालिका ५ मा रहेको अर्कैको जग्गा आफ्नो नाममा नामसारी गरेर बेच्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- पर्साको वीरगन्ज महानगरपालिका- ५ मा रहेको अर्कैको जग्गा आफ्नो नाममा नामसारी गरेर बेच्न खोज्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ललितपुर महानगरपालिका १३ कुसुन्ती स्थायी ठेगाना भएका ३३ वर्षीय केवलप्रताप जङ्ग बहादुर राणालाई काठमाडौंको रातोपुल साधना गल्लीस्थित डेराबाट पक्राउ गरेको हो।

राणाले कमलादेवी राजभण्डारीको नाममा पर्साको बीरगन्ज महानगरपालिका ५ मा रहेको किता नम्बर ३, ७१, १४३ र १८६ को कुल क्षेत्रफल ५ कट्टा, १५ धुर, ९ आनामा बनेको घर समेतको जग्गा मुकेश राजभण्डारी बनेर आफ्नो नाममा नामसारी गरेका थिए।

उनले मालपोत कार्यालयका कर्मचारीहरुसँग मिलेमत्तो गरी १९ फागुन २०७६ मा आफ्नो नाममा राजीनामा पास गराएका थिए। उक्त जग्गाको बजार मूल्य ५० करोडभन्दा बढी छ। 

राणाले यसका लागि ललितपुर महानगरपालिका ३ स्थायी ठेगाना कायम गरी जिल्ला प्रशासन ललितपुरबाट आफ्नो नाम मुकेशराज भण्डारी भएको भन्दै ४७७३ नम्बर भएको किर्ते नागरिकताको प्रमाणपत्रसमेत लिएका थिए।

अर्काको जग्गा आफ्नो नाममा पास गरेपछि राणाले वीरगञ्ज महानगरपालिका ४ का गिरधारी लाल अग्रवाललाई बिक्री गर्न ५० लाख बैना लिएका थिए। 

कागजात किर्ते गरी ठगी गर्ने राणाविरुद्ध कारवाही गरी पाउँ भनी राजीव राजभण्डारीले लिखत ठगी सम्बन्धी कसूर मुद्दामा ब्यूरोमा जाहेरी दिएपछि ब्यूरोले अनुसन्धानअघि बढाएको थियो।

पक्राउ परेका राणालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय विरगन्ज पर्सा पठाइएको छ।

प्रकाशित: Oct 12, 2020| 12:40 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।