काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक बाहेकका शल्यक्रिया तत्काल नगर्न उपत्यकाका सरकारी अस्पताललाई निर्देशन दिएको छ।
मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण नियन्त्रण हुँदै गएपछि मात्र यस्ता खालका शल्यक्रिया गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयले सबै सरकारी अस्पताललाई आकस्मिक बाहेकका नियमित शल्यक्रिया हाललाई नगर्न निर्देशन दिएको हो।