आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा ४५२ कोरोना संक्रमित थपिए, मोरङमा मात्रै २४२

प्रदेश १ मा ४५२ कोरोना संक्रमित थपिए, मोरङमा मात्रै २४२

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४५२ जना कोरोना संक्रमित थपिएका छन्।

मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार सोमबार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन्। मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ।

उता सुनसरीको धरानमा ८६, ईटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा ३, इनरुवा र गढीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३,  झापाको दमक र भद्रपुरमा ३–३, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ।

प्रदेश १ मा सोमबार ४४ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८५५ पुगेको छ।

प्रदेश १ मा सोमबार १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १८८ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ३८ हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Oct 12, 2020| 11:54 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।