काठमाडौं– पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौं, ललितपुर, सुनसरी, चितवन र रुपन्देहीका छन्। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।
आईसीयूमा रहेका संक्रमितको संख्या २७९ छ। त्यसैगरी भेन्टिलेटरमा ६७ जना छन्।
काठमाडौं उपत्यकामा आज सोमबार २२ सय ७३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा ११ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी १४ सय ७३ जना संक्रमणमुक्त भएका छन्।
आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ । यीमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ९२३ जना छन् भने होम आइसोलेसनमा १९ हजार ९५७ जना।