आइतबार, भदौ १४, २०८३

कोरोनामुक्त हुनेको संख्या ७७ हजार २७७

नेपालमा आजसम्म ७७ हजार २७७ जना कोरोनामुक्त भएका छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– नेपालमा आजसम्म ७७ हजार २७७ जना कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ६ हजार ६८७, प्रदेश २ मा १५ हजार ९० र बागमती प्रदेशमा २९ हजार ३८९ जना कोरोना मुक्त भएका छन्।

यस्तै गण्डकी प्रदेशमा चार हजार २५५, लुम्बिनी प्रदेशमा १० हजार ७८१, कर्णाली प्रदेशमा तीन हजार ४८० र सुदूरपश्चिम प्रदेशमा सात हजार ५९५ जना कोरोना मुक्त भएका छन्।

देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ४७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार ४७३ जना कोरोना मुक्त भएका छन्।
 

प्रकाशित: Oct 12, 2020| 10:41 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।