काठमाडौं- त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका उप-प्राध्यापकलाई कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले सिरहा घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रविनकुमार लामालाई पक्राउ गरेको हो।
साहलाई काठमाडौंबाट र लामालाई सिरहाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठाैरले जानकारी दिए।
२० असोज बिहान साढे ९ बजेको समयमा त्रिभुवन विश्वविध्यालयको परिसरमा उप-प्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गरिएको थियो।
चलाउनेलाई रड प्रहार गरेर आक्रमण गरिएको थियो। घाइते चलाउनेको उपचार भइरहेको छ।