आइतबार, भदौ १४, २०८३

‘ज्यालादारी शिक्षकलाई करारमा लैजाऊ’ 

‘१५ वर्षदेखि शिक्षक ज्यालादारी हुनुहुन्छ। ७५ प्रतिशत पढाइ उहाँहरुले धान्नुभएको छ। तर पनि करारमा लैजाने प्रक्रिया सुरु भएको छैन, यो दुःखदायी छ।’
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

पोखरा– नेकपा सांसद राजीव पहारीले पृथ्वीनारायण क्याम्पसमा कार्यरत ज्यालादारी शिक्षकका समस्या तत्काल समाधान गर्न माग गरेका छन्। 

सांसद पहारीले प्रदेशसभाको विशेष समयमा बोल्दै लामो समयदेखि ज्यालादारीमा पढाउँदै आएका शिक्षकले पटकपटक आन्दोलन गर्दा पनि निकास नआएका भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उनले भने, ‘१५ वर्षदेखि शिक्षक ज्यालादारी हुनुहुन्छ। ७५ प्रतिशत पढाइ उहाँहरुले धान्नुभएको छ। तर पनि करारमा लैजाने प्रक्रिया सुरु भएको छैन, यो दुःखदायी छ। उहाँहरूलाई करारमा नियुक्ति दिनु्पर्छ।’ 

ज्यालादारी शिक्षको समस्या समाधान गर्न पटकपटक सरकारसँग सहमति भएको भन्दै भन्दै ती सहमति तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरे। 

सांसद पहारीले सरकारले जारी गरेको मौद्रिक नीति कार्यान्वयन नहुँदा पर्यटन व्यवसायी असाध्यै मर्कामा परेको बताए। 

उनले भने, ‘मौद्रिक नीतिले राम्रो आए पनि कार्यान्वयन नभएकाले पर्यटन क्षेत्र तंग्रिने अवस्था छैन। नीति आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।’ 

व्यवसायीको मोबाइलमा बैंकका घन्टी बजेर आजित बनाएको भन्दै पर्यटन क्षेत्रलाई उकास्ने गरी योजना ल्याउन पनि उनले आग्रह गरे। 
 

प्रकाशित: Oct 12, 2020| 09:03 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।