आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुद्ध जन्मस्थल लुम्बिनीमा डिजिटल सुरक्षा प्रणाली लागू

बुद्ध जन्मस्थल लुम्बिनीमा डिजिटल सुरक्षा प्रणाली लागू

पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्रामका विभिन्न ठाउँमा गरी १७५ वटा सीसीटीभी क्यामेरा र २५ वटा पीटीजेड क्यामेरा जडान गरिएको हो। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

भैरहवा– बुद्धजन्म स्थल लुम्बिनी क्षेत्रमा डिजिटल सुरक्षा प्रणाली लागू गरिएको छ।  पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्रामका विभिन्न ठाउँमा गरी १७५ वटा सीसीटीभी क्यामेरा र २५ वटा पीटीजेड क्यामेरा जडान गरिएको हो। 

पीटीजेड क्यामेराले टाढाको वस्तु जुम गरेर हेर्न मिल्छ।  ‘फाइबर र वायरलेस माध्यमबाट लुम्बिनीका  महत्त्वपूर्ण सबै क्षेत्रमा सीसी क्यामेरा जडान गरी २४ औं घन्टा निगरानी गरिएको छ’, लुम्बिनी विकास कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले भने।

गौतमले हरेक गतिविधि रेकर्ड गरेर राख्न थालिएको बताए।  सीसी क्यामेराको नियन्त्रण कोषमा राखिएको आईटी कन्ट्रोल रुमले गरिरहेको हुन्छ। कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मी खटिएका हुन्छन्। 

‘कहींकतै  कानुनविपरीका काम भएमा तत्कालै कन्ट्रोल रुमबाट नजिकको सुरक्षा युनिट तथा कर्मचारीलाई खबर गरिन्छ। अनि तत्काल घटना स्थलमा सुरक्षाकर्मी पुगिहाल्छन्’, लुम्बिनी विकास कोषका कामु सदस्यसचिव ज्ञानिन राईले भने।

उनले पनि लुम्बिनी पूर्णतया डिजिटल सुरक्षा प्रणालीभित्र रहेको बताए। उनले भने, ‘हामीले हरेक सेकेन्डका गतिविधि निगरानी गर्ने गरी सुरक्षा व्यवस्था मजबुत गराएका छौं।’

लुम्बिनी क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी खटिएका छन्। सशस्त्र प्रहरी बलका तर्फबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मी परिचालित छन्। 

नजिकै नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय लुम्बिनी छ। लुम्बिनीमा सशस्त्र प्रहरीको सुरक्षाकर्मी अझै थप गर्नु जरुरी रहेको कामु सदस्यसचिव राईले बताए। 

लुम्बिनीमा यति धेरै सुरक्षाकर्मी हुँदाहुँदै आपसी समन्वय नहुँदा बेलाबेला समस्या देखिने गरेको छ। कोषले नेपाली सेना राखेमा २१८ जनाको गुल्म वा सशस्त्र प्रहरी बल बसेमा १६० जनाको गुल्म राख्न अनुरोध गरेको छ।

प्रकाशित: Oct 12, 2020| 09:00 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।