आइतबार, भदौ १४, २०८३

क्रिकेटमा सट्टाबाजी गर्ने सात पक्राउ

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी खेलाउने सात जना पक्राउ परेका छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी खेलाउने सात जना पक्राउ परेका छन्।

राजधानीको कालीमाटी क्षेत्रमा सट्टाबाजी भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट डीएसपीको कमान्डमा खटिएको प्रहरीले सातजनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमध्ये चारजना भारतीय छन्। 

पक्राउ पर्नेमा कमलपोखरीको कोनार्क इन होटलमा बस्दै आएका कुलदीप शरण, सञ्जीव शरण, कुलेश्वर बस्दै आएका अजय गौतम र नविज जैन छन्।  

त्यस्तै सिन्धुपाल्चोक घर बताउने प्रदीप घिमिरे, कुलेश्वरका उत्तम सापकोटा, सोल्टीमोडका अनिलकुमार वंशललाई पनि पक्राउ गरिएको छ। 

उनीहरुको साथबाट २ थान मोटरसाइकल र एक लाख ८५ हजार १२० रुपैयाँ बरामद गरिएको प्रहरीले जनायो।                
 

प्रकाशित: Oct 12, 2020| 08:10 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।