आइतबार, भदौ १४, २०८३

बूढीगण्डकी आयोजनाबारे छानबिन गर्न विवेकशीलको माग

विवेकशील नेपाली दलले बूढीगण्डकी आयोजनामा भएको अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँमग माग गरेको छ। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं–  विवेकशील नेपाली दलले बूढीगण्डकी आयोजनामा भएको अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेको छ। 

केही दिनअगाडि गोरखामा भएको  एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले  बूढीगण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब बाँडेर खाएको र परियोजना अलपत्र पारेको आरोप सार्वजनिक रूपमै लगाएका थिए। 

पूर्वप्रधानमन्त्री भट्टराईको आरोपको सत्यताबारे छानबिन गर्न विवेकशीलले माग गरेको हो।

दलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई  आग्रह गर्दछ।’ दलले आफूसँग भएका प्रमाणसमेत अख्तियारमा बुझाएर अनुसन्धानमा सघाउन अनुरोध गरेको छ। 

आरोपित व्यक्तिमध्ये दुइ जना भूतपूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्नेतर्फ पनि दलले सजग गराएको छ।

दलले भनेको छ, ‘यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषयसमेत भएकाले अख्तियारल उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनुपर्दछ।’
 

प्रकाशित: Oct 12, 2020| 07:35 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।