आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घरेलु रक्सी व्यापारमा रोक नलगाऔं– कांग्रेस प्रमुख सचेतक कँडेल 

घरेलु रक्सी व्यापारमा रोक नलगाऔं– कांग्रेस प्रमुख सचेतक कँडेल 

गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेलले घरेलु रक्सीलाई खुला रुपमा व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।  उनले यसलाई करको दायरामा ल्याउनुपर्ने पनि बताए।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

पोखरा-  गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेलले घरेलु रक्सीलाई खुला रुपमा व्यापार गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन्।  उनले यसलाई करको दायरामा ल्याउनुपर्ने पनि बताए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक कँडेलले प्रदेश सभाको बैठकमा विशेष समय लिएर नेपाली संस्कृतिसँग जोडिएको घरेलु रक्सीलाई गैरकानुनी भन्दै रोक लगाउन नहुने बताएका हुन्। 

उनले भने, ‘सहरमा विदेशबाट महँगा रक्सी झिकाएर सजाइएको छ। तर नेपालमा उत्पादन हुने घरेलु रक्सी बनाउनेलाई डण्डा लगाएइको छ। जनजाति बाहुल्य क्षेत्रमा सांस्कृतिक बाध्यता पनि छ। चाडपर्व र रीतिरिवाज धान्न घरेलु मदिरा आवश्यक छ।’ 

विदेशी महँगा रक्सी खुलमखुला बेच्न दिने तर गाउँले प्रविधिले बनाएका रक्सी उत्पादन र बेच्न नदिनु न्यायोचित नभएको उनको तर्क थियो। 

कानुनअनुसार करको दायरामा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराए। 

यसअघि उनले भाङखेतीमा रोक नलगाउन माग गरेका थिए । 
 

प्रकाशित: Oct 12, 2020| 07:19 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।