आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रकरणले पार्टी एकतामै गम्भीर असर पर्ने दाहालको चेतावनी

कर्णाली प्रकरणले पार्टी एकतामै गम्भीर असर पर्ने दाहालको चेतावनी

नेकपा अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकारमा उत्पन्न समस्याले पार्टी एकतामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकारमा उत्पन्न समस्याले पार्टी एकतामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँगको सोमबार बालुवाटारमा भएको भेटमा दाहालले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव केन्द्रीय नेताहरूकै निर्देशनमा आएको भन्दै यस्तो चेतावनी दिएका हुन्। 

दाहालले समस्या समाधानका लागि पहल थाल्न ओलीसँग आग्रह गरेका छन्।

‘कर्णालीमा जे भयो त्यो पार्टीको हितविपरीत भएको छ। यसले समग्र एकता प्रक्रियामै असर गर्छ,’ ओलीसँग दाहालको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईं गम्भीर भएर पहल चाल्नुस्।’

केन्द्रका नेताहरुकै निर्देशनअनुसार प्रदेशका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा पुगेको पूर्वमाओवादी पक्षको बुझाइ छ। छलफलमा यस विषयमा दाहालले प्रस्ट रुपमा ओलीलाई जानकारी गराएका छन्। 

‘पार्टी एकताको बाँकी काम टुंगोमा पुर्‍याउने काम भइरहेका बेला कर्णालीमा जे भयो त्यो हितविपरीत छ,’ दाहालले भने, ‘यस्तो गतिविधिले समग्र पार्टी एकतामा समस्या ल्याउँछ।’

दाहालले पार्टीको स्थायी कमिटी बैठकको मर्म, भावना तथा सचिवालय बैठकको समेत म्यान्डेटअनुसार समाधान हुनुपर्ने बताएका छन्।

सत्तारुढ दल नेकपा अध्यक्षद्वय ओली र दाहाल कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने निचोडमा भने पुग्न सकेकमा छैनन्। 

कर्णाली प्रदेशमा मुख्यमन्त्री बनेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि दाहालले बिहानै खुमलटारमा आफू निकटका नेताहरुसँग गोप्य छलफल गरेका थिए। शाही तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।  

कर्णालीमा पूर्व माओवादी पक्षका तीन र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

खुमलटारमा भएको छलफलमा नेताहरुले ओली र नेपालकै निर्देशनमा कर्णालीमा सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएको बताएका थिए।

नेकपाका १८ सांसदले आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि तरंग ल्याएको छ। तत्काल कर्णालीको विवाद समाधान नभए नेकपाभित्र केही मत्थर हुन थालेको विवाद पुनः चर्किने सम्भावना देखिएको छ। 

प्रकाशित: Oct 12, 2020| 07:08 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।