आइतबार, भदौ १४, २०८३

व्यास नगरपालिकालाई रोटरीले दियो पीसीआर मेसिन 

भर्चुअल तथा भौतिक उपस्थितिका बीच भएको कार्यक्रममा तनहुँको व्यास नगरपालिकाका लागि एक थान पीसीआर मेसिन हस्तान्तरण गरिएको थियो। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

पोखरा– गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नेपालमा व्यावसायिक शिक्षाको विकासका लागि रोटरी क्लबले योगदान दिन सक्ने बताएका छन्। 

रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान रिजन ४ ले गरेको विद्युतीय सिकाइ सहयोगी सामग्री तथा पीसीआर मेसिन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले साक्षरता वृद्धिका लागि रोटरीले थालेको प्रयास सराहनीय रहेको बताए। 

नेपालमा साक्षरता बढाउन रोटरीले ल्याएका सामुदायिक विद्यालय लक्षित कार्यक्रम प्रशंसनीय रहेको भन्दै उनले साक्षरता अभियानका सन्दर्भमा व्यावसायिक शिक्षाका लागि रोटरी क्लबको योगदान रहन सक्नेतर्फ ध्यानाकर्षण गराए।

भर्चुअल माध्यमबाट सहभागी भएका रोटरी क्लब इन्टरनेसनलका इलेक्ट प्रेसिडेन्ट शेखर मेहताले निरक्षरता उन्मूलनका लागि नेपालले धेरै काम गर्न सक्ने भन्दै त्यसमा रोटरी अन्तर्राष्ट्रियले सहयोग गर्ने बताए। 

जनसंख्या र भूगोलका हिसाबले भारत भन्दा नेपालमा साक्षरता अभियान सञ्चालन गर्न धेरै सहज रहेको बताउँदै मेहताले नेपाल सरकारको अभियानसँग रोटरीले सहकार्य गरेर अघि बढ्न सक्ने भनाइ राखे।

रोटरी क्लब इन्टरनेसनल ३२९२ रिजन ४ का अध्यक्ष किरणलाल श्रेष्ठले सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षर बनाउने अभियानमा रोटरी क्लबले विभिन्न विद्यालयहरूसँग सहकार्य गरिरहेको जोडे। 

रिजन ४ का विद्युतीय सिकाइ संयोजक पुरन कुँवरले रिजन ४ अन्तर्गतका हाल ३६ विद्यालयसँग रोटरी क्लबले विद्युतीय सिकाइका लागि सहकार्य गरेको बताए। कोभिड–१९ को महामारीका बेला विद्युतीय सिकाइ प्रभावकारी हुने कुँवरले बताए।

रोटरी क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का अध्यक्ष तीर्थमान शाक्य, रोटरी रिजन ४ का उपाध्यक्ष केशव आचार्य, सचिव बाबुराम बराललगायतले बोलेका थिए।

भर्चुअल तथा भौतिक उपस्थितिका बीच भएको कार्यक्रममा तनहुँको व्यास नगरपालिकाका लागि एक थान पीसीआर मेसिन हस्तान्तरण गरिएको थियो। 

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सो पीसीआर मेसिन नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरे। त्यस्तै, विभिन्न विद्यालयलाई रिजन ४ अन्तर्गतका १२ रोटरी क्लबका तर्फबाट विद्युतीय सिकाइ सहयोगी सामग्री हस्तान्तरणसमेत गरिएको थियो।

प्रकाशित: Oct 11, 2020| 13:13 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।