आइतबार, भदौ १४, २०८३

बेलबारीमा डिजिटल प्रणालीबाट भौगोलिक सर्वेक्षण

मोरङको बेलबारी नगरपालिकाले डिजिटल प्रणालीबाट भौगोलिक सर्वेक्षण सुरु गरेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

विराटनगर– मोरङको बेलबारी नगरपालिकाले डिजिटल प्रणालीबाट भौगोलिक सर्वेक्षण सुरु गरेको छ। 

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले ड्रोनमार्फत भौगोलिक नक्सांकन तथा सर्वेक्षण सुरु गरिएको बताए।

सर्वेक्षणले नगरपालिकाको सहरी विकास योजना, विपद् जोखिम व्यवस्थापन, घर नम्बर तथा ठेगाना निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने नगरपालिकाको विश्वास छ। 

नगर क्षेत्रको मुख्यबस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकन कार्य सुरु भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाको कार्यालयले जनाएको छ। 

डिजिटल सर्वेक्षणपछि नगरपालिकाभित्रको पर्यटकीय स्थल, सडकलगायत विकास निर्माणका कामको डीपीआर, डिजाइन गर्नसमेत कार्यालयमै बसेर गर्न सकिने गरी निर्माण गर्न लागिएको जनाइएको छ। 
 

प्रकाशित: Oct 11, 2020| 13:06 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।