आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा ६ जना नियुक्त

स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा ६ जना नियुक्त

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा ६ जनालाई नियुक्त गरेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा ६ जनालाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गरेको छ।

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबारको बैठकले मन्त्रालय अन्तर्गतका विभिन्न चारवटा निकायमा रिक्त रहेका अध्यक्ष तथा सदस्य पदमा ६ जनालाई मनोनयन गरेको जानकारी दिए। 

मन्त्रालयको प्रस्तावमा सरकारले किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा. वशिष्टप्रसाद रिजाल, सिहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा बाबुराजा अमात्य, औषधि परामर्श परिषदको सदस्यमा प्रा.डा. संगरत्न बज्राचार्य, बाबुराम हुमागाई र डा दीपकप्रसाद दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ।

प्रकाशित: Oct 11, 2020| 12:55 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।