आइतबार, भदौ १४, २०८३

ब्राउन सुगरसहित तीन जना पक्राउ

धनगढीबाट १८ ग्राम बढी लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

धनगढी– धनगढीबाट १८ ग्राम बढी लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। 

प्रहरीले धनगढी उपमहानगरपालिका–३, चटकपुरबाट धनगढी उपमहानगरपालिका–१३ का सुशील चौधरी र सोही ठाउँ बस्ने गोविन्द रानालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।

ब्राउन सुगरेका कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला र अस्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरीले खानतलासी गर्दा सुशील चौधरीको साथबाट एक ग्राम तीन सय १० मिलिग्राम ब्राउन सुगर र गोविन्द रानाका साथबाट एक ग्राम सात सय २० ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए। 

यस्तै, धनगढी उपमहानगरपालिका–४ बाट १५ ग्राम तीन सय ८० मिलिग्राम ब्राउन सुगर र १५ ट्याब्लेट एसपीएमसहित बझाङको जयपृथ्वी नगरपालिका–४ घर भई धनगढी उपमहानगरपालिका–४ बस्ने चन्द्रशेखर शाहीलाई पक्राउ गरिएको बिष्टले बताए।

पक्राउ परेका तीनै जनालाई लागूऔषध मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Oct 11, 2020| 12:49 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।