आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारका प्रवक्ता भन्छन्– महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि परेको देखियो

सरकारका प्रवक्ता भन्छन्– महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि परेको देखियो

सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि परेको हो कि भन्ने देखिएको बताएका छन्।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारीविरुद्धको लडाइँमा काठमाडौं पछाडि परेको हो कि भन्ने देखिएको बताएका छन्।

२२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै ज्ञवालीले काठमाडौं धेरै हिसाबले देशमै नमुना प्रदर्शन गर्ने ठाउँका रुपमा रहे पनि महामारीविरुद्धको लडाइँमा भने पछाडि परेको बताए। 

‘कोरोना संक्रमण काठमाडौं तीव्र बन्दै गइरहेको छ। बाहिर कतिपय जिल्लाहरुले राम्रो व्यवस्थापन गरे पनि काठमाडौंमा भने व्यवस्थापनमा चुनौती देखा परेका छन्,’ उनले भने, ‘यसलाई कुनै पनि अर्थमा हल्का रुपले नलिन आग्रह गर्छु। विश्वमै १० लाख ५० हजारभन्दा बढी मानिसहरुको ज्यान लिने यो महामारी सामान्य होइन।’

उपत्यका बाहिरका जिल्लाहरुले संक्रमण रोकथाम र नियन्त्रणका लागि गरेका राम्रो कामलाई काठमाडौंले पनि लागू गर्नुपर्ने उनको भनाइ छ। 

‘यहाँ अनियन्त्रित बन्यो भने निकै भयावह हुन सक्छ। आइसीयू, भेन्टिलेटर भरिएको अवस्था छ। हाम्रो सामर्थ्य बढ्दै पनि गएको छ,’ उनले भने, ‘तर, जुन अनुपातमा संक्रमण बढ्दै गएको त्यही अनुसार चुनौती पनि बढिरहेको छ।’ 

संक्रमण रोक्न नागरिक सचेतता एकदमै जरुरी रहेको भन्दै प्रवक्ता ज्ञवालीले उच्च सतर्कतालाई रत्तिभर पनि कम गर्न नहुने बताए।

‘काठमाडौंमा स्वास्थ्य मापदण्ड पालना गर्ने कुराहरुमा निकै कमी देखिएको छ। पसलहरुमा एकदमै भिड देखिने गरेको छ। विभिन्न खालका कार्यक्रमहरु हुने काम भइरहेको छ,’ उनले भने, ‘यी कुराले कहिँ न कहिँ भूमिका खेलिरहेकोे छ। स्थिति जटिल बन्न नदिन सबैको सहयोग आवश्यक छ। चाडवाड नजिक आउँदै छन्, अरु बेलाको जस्तो उल्लासमय रुपले मनाउन सक्ने अवस्था छैन। यतिबेला सबै सचेत हुनुपर्ने जरुरी देखिएको छ।’ 

प्रकाशित: Oct 11, 2020| 11:59 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।