आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षामन्त्री पोखरेललाई कोरोना, हिजो भेटेका थिए प्रधानमन्त्रीलाई

शिक्षामन्त्री पोखरेललाई कोरोना, हिजो भेटेका थिए प्रधानमन्त्रीलाई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

परीक्षणका लागि हिजो (शनिबार) स्वाब दिएकामा आज कोरोना पाेजेटिभ रिपोर्ट आएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए।

केसीका अनुसार हिजोदेखि नै मन्त्री पोखरेललाई ज्वरो आएपछि पाटन अस्पताल भर्ना गरिएको छ। शिक्षामन्त्री पोखरेललाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि कन्ट्याक ट्रेसिङमा परेका छन्।

डा. गोविन्द केसीको अनशन तोडाउने विषयमा छलफल गर्न सरकारी वार्ताटोलीलाई लिएर मन्त्री पोखरेल हिजो बिहान मात्रै बालुवाटार पुगेका थिए। मन्त्री पोखरेल, सरकारी वार्ताटोली र प्रधानमन्त्रीबीच केहीबेर छलफल भएको पुरन केसीले जानकारी दिए।

बालुवाटारमा छलफल गर्दा नै असहज महसुस भएपछि पोखरेल क्वार्टरमा फर्किएर केहीबेरमा पाटन अस्पताल पुगेका थिए।

सरकारी बार्ता टोलीमा हिजो शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा थिए। दिउँसो मन्त्रीसँग छलफल गरेका शिक्षा सचिव मैनाली अनशनरत डा. केसीलाई भेट्न राति नै शिक्षण अस्पताल महाराजंगज पुगेका थिए।

हिजो मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Oct 11, 2020| 11:37 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।