आइतबार, भदौ १४, २०८३

उपत्यकामा थप १,४१६ संक्रमित, आठ जनाको मृत्यु

काठमाडौंमा ११ सय ४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको हो। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– काठमाडौंमा आज १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा ११ सय ४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी १५ सय ५१ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युमा यो अहिलेसम्मकै बढी संख्या हो। आज मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ८ जना संक्रमित छन्। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

नेपालमा पछिल्लो २ महिनादेखि कोरोना संक्रमितको मृत्यु भइरहेको छ। पहिलो पटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो। 

सक्रिय संक्रमित– ३१,३१५

संस्थागत आइसोलेसनमा– १३,६४९

होम आइसोलेसनमा– १७,६६६

आईसीयूमा– ३२९ 

भेन्टिलेटरमा– ७६
 

प्रकाशित: Oct 11, 2020| 10:49 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।