आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच वर्षअघि महिलालाई भारत लगेर बेच्ने व्यक्ति पक्राउ

पाँच वर्षअघि महिलालाई भारत लगेर बेच्ने व्यक्ति पक्राउ

भारतको वेश्यालयमा पाँच वर्षअघि एक महिलालाई लगेर बेच्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- भारतको वेश्यालयमा पाँच वर्षअघि एक महिलालाई लगेर बेच्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

आर्थिक प्रलोभनमा पारी भारतको मुम्बईमा लगेर २० वर्षीया महिलालाई बेचबिखन गर्ने व्यक्तिलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

‘निम्न आर्थिक तथा चेतनास्तर भएकी महिलालाई राम्रो तलव सुबिधासहितको काममा लगाईदिन्छु भनी प्रलोभन देखाएर बेचेको रहेछ,’ ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुराग कुमार द्विबेदीले भने, ‘लुकिछिपी बसेको भन्ने सूचनापछि पक्राउ गरिएको हो।’

काठमाडौंको गोकर्णेश्वर नगरपालिका- ५ मा लुकिछिपी बसेको अवस्थामा सिन्धुपाल्चोक घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई प्रहरीले पक्राउ गरेको हो। 

मुम्बईमा बेचिएकी ती महिलालाई मानब बेचबिखनविरुद्ध कार्यरत शक्ति समूहले ४ कात्तिक २०७६ मा भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर नेपाल ल्याएको थियो। 

उद्दार गरेर ल्याइएपछि शक्ति समूहकै सहयोगमा पीडित महिलाले ब्यूरोमा जाहेरी दिएकी थिइन्।

ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार म्याद थपेर थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Oct 11, 2020| 10:47 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।