आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट भरतपुर महानगरका वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट भरतपुर महानगरका वडाध्यक्षको मृत्यु

कोरोना भाइरस संक्रमणबाट भरतपुर महनागरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट भरतपुर महनागरपालिका वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको छ। 

६८ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको महानगरपालिका प्रमुख रेणु दाहालले जनाएकी छन्।  

भारतीय सेनाबाट निवृत्त तामाङ राजनीतिका साथै विभिन्न सामाजिक गतिविधिमा पनि सक्रिय थिए। 

उनका पत्नी, एक छोरी र चार छोरा छन्। 

वडाध्यक्षको निधनमा भोलि २६ गते भरतपुर महानगरपालिका र अन्तर्गतका सबै कार्यालय बन्द रहने महानगरपालिकाले जनाएको छ।
 

प्रकाशित: Oct 11, 2020| 09:35 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।