आइतबार, भदौ १४, २०८३

डलर देखाएर एक करोडभन्दा बढी ठगी गर्ने गिरोह पक्राउ

भक्तपुर जिल्ला आसपास क्षेत्रमा अमेरिकी डलर देखाएर ठगीमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– भक्तपुर जिल्ला आसपास क्षेत्रमा अमेरिकी डलर देखाएर ठगीमा सक्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

गिरोहका १२ जना सदस्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

प्रहरीको अनुसन्धानले अहिलेसम्म अमेरिकी डलर देखाई १ करोड १५ लाख १० हजार बराबरको नगद ठगी भएको खुलेको छ।

महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गिरोहका १२ जना प्रतिवादीलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई ठगी मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ। ठगीमा संलग्न रहेका अन्य प्रतिवादीहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय धनजित तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ, ३२ वर्षीया कान्छी तामाङ, २३ वर्षीय विमल भण्डारी, २१ वर्षीय निर्मल भण्डारी ३३ वर्षीय राजकुमार तामाङ रहेका छन्।

त्यस्तै ३१ वर्षीय धनबहादुर भण्डारी, २८ वर्षीय कमल भण्डारी, २७ वर्षीय राकेश भण्डारी र ३९ वर्षीय सन्च बहादुर योञ्जन रहेका छन्। पक्राउ परेका १२ जना नै सिन्धुपाल्चोक स्थायी घर भई भक्तपुरका विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका व्यक्तिहरु हुन्। 

उनीहरुको साथबाट प्रहरीले ५ लाख ९४ हजार ४७५ रुपैयाँ नगद रुपैयाँ बरामद पनि गरेको छ। त्यस्तै विभिन्न कम्पनीका १२ मोबाईल, ४६० अमेरिकी डलर र मोटरसाइकलहरुसमेत बरामद गरेको छ। 

डलर भनि झुक्काउन तयार गरिएको कागजको ५ बण्डल पनि बरामद गरिएको छ। परिसरले कसैले डलरको प्रलोभन देखाई रकम साट्न खोजेमा वा गिरोहबाट कोही ठगीमा परेको भए सम्पर्क गर्न पनि अनुरोध गरेको छ। 
 

प्रकाशित: Oct 11, 2020| 06:45 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।