आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसद्वारा सरकार र डा केसीबीच भएको सहमतिको स्वागत

कांग्रेसद्वारा सरकार र डा केसीबीच भएको सहमतिको स्वागत

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार र सत्याग्रही डा गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार र सत्याग्रही डा गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ। 

पार्टीले एक विज्ञप्ति प्रकाशित गरि ‘डा गाविन्द केसी र संघीय सरकार बीच भएको सहमतिलाई कांग्रेस स्वागत गर्दछ’ भनिएको छ। 

डा केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया सुरुवातदेखि नै पूर्वाग्रहपूर्ण भएको उल्लेख गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा लेखेका छन्, ‘जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाएर सहमतिमा पुगेको छ।’

सहमति हुनु सकारात्मक कुरा भएको उल्लेख गर्दै सम्झौता कार्यान्वयनका लागि खबरदारी गर्न कांग्रेसले अपिल गरेको छ। 
वर्तमान प्रधानमन्त्री केपी ओलीकै अग्रसरतामा ०७५ साउनमा गरिएको डा केसीसँगको सहमति माघमा उलंघन गरिएको स्मरण गराउँदै काँग्रेसले खबरदारीका लागि अपिल गरेको हो। 

प्रकाशित: Oct 11, 2020| 06:18 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।