आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित दुई महिला र एक पुरुषको मृत्यु भएको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित दुई महिला र एक पुरुषको मृत्यु भएको छ। 

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ८ सुनसरीकी ६२ वर्षीया महिलाको शनिबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। 

उनी २२ असोजमा अस्पताल भर्ना भएकी थिइन्। उनलाई २१ गते पीसीआर परीक्षण गर्दा कारोना पोजेटिभ देखिएको थियो ।  

त्यस्तै दुहवी सुनसरीका ६५ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। १४ असोजमा अस्पताल भर्ना भएका उनलाई १५ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

हाइपरटेन्सनलगायत दीर्घरोग भएका उनको आइतबार विहान पौने चार बजे मृत्यु भएको अस्पतालका सह प्रवक्ता डा आशिष श्रेष्ठले बताएका छन्।

त्यस्तै धनकुटाकी ६१ वर्षीया महिलाको पनि आज विहान पौने ७ बजे मृत्यु भएको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा १६ गते भर्ना भएकी उनलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।  

तीनवटै शवको व्यवस्थापन नियमानुसार गरिने सह प्रवक्ता श्रेष्ठले बताएका छन्।  
 

प्रकाशित: Oct 11, 2020| 04:43 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।