आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विकास नेपालीको हातबाट जुस पिएर तोडे डा. केसीले १९ औं सत्याग्रह

विकास नेपालीको हातबाट जुस पिएर तोडे डा. केसीले १९ औं सत्याग्रह

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग गर्दै अनसनरत डा गोविन्द केसीले २८ औँ दिनमा आज सत्याग्रह तोडेका छन्।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग गर्दै अनसनरत डा गोविन्द केसीले २८ औँ दिनमा आज सत्याग्रह तोडेका छन्।

उनले त्रिवि शिक्षण अस्पतालको आगनमा अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर सत्याग्रह तोडेका हुन्। नेपाली कोरोना संक्रमण भएर निको भएका कर्मचारी हुन्।

डा केसी र सरकारी टोलीबीच शनिबार राति ११ बजे ८ बुँदे सहमति भएपछि उनी सत्याग्रह तोड्न सहमत भएका हुन्।  

शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डा केसी पक्षका प्रतिनिधिबीच भएको वार्तापछि ८ बुँदे सहमति भएको थियो।  

सहमति पत्रमा सरकारका तर्फबाट सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा गोविन्द केसीले हस्ताक्षर गरेका थिए।  
उक्त सहमतिपछि आज केसीले १९ औँ सत्याग्रहको २८ औँ दिनमा अन्त्य गरेका हुन्। 

प्रकाशित: Oct 11, 2020| 04:16 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।