आइतबार, भदौ १४, २०८३

आन्दोलनका कार्यक्रम फिर्ता

नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेजिडेन्स एसोसिएसन अफ न्याम्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने आइतबार घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता गरिएका छन्। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- नेपाल चिकित्सक संघले अनसनरत डा गोविन्द केसीको समर्थन गर्दै घोषणा गरेको आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ। 

सरकार र डा केसीबीच शनिबार राति ८ बुँदे सहमति पछि चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको संघका महासचिव वद्री रिजालले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

त्यस्तै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेजिडेन्स एसोसिएसन अफ न्याम्स र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने आइतबार घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता गरिएका छन्। 

अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यराति  आठ बुँदे सम्झौता भएकाले आन्दोलनका कार्यक्रम फिर्ता गरिएको जनाइएको छ। 

सम्पूर्ण आवासीय चिकित्सकहरुले आज इमर्जेन्सी र कोभिडबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कारलगायत आन्दोलनको घोषणा गरेका थिए। 

नेसनल रेजिडेन्स डाक्टर्स एसोसियसन त्रिवि शिक्षण अस्पतालका डा सुभाष देवकोटा, रेजिडेन्ट एसोसिएसन अफ न्याम्स चिविराप्रका अध्यक्ष डा प्रकाश भट्टराई र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अध्यक्ष डा राजेन्द्र घिमिरेले संयुक्त विज्ञप्ति निकालेर आन्दोलन फिर्ता लिएको जनाएका छन्। 

विज्ञप्तिमा डा केसीको मागप्रति यो कोरोना महामारीको बेला पनि ऐक्यवद्धता, सहयोग र समर्थन जनाउने सम्पूर्णलाई धन्यवाद पनि ज्ञापन गरिएको छ। 
 

प्रकाशित: Oct 11, 2020| 03:15 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।